खेलकुद

क्यानद्वारा सम्पूर्ण क्रिकेट गतिविधि अनिश्चितकालका लागि स्थगित


काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) ले सम्पूर्ण क्रिकेट गतिविधि अनिश्चिकालका लागि स्थगित गरेको छ । क्यानले आज एक विज्ञप्ती जारी गर्दै कोराना भाईरसलाई मध्य नजर गर्दै अर्को सूचना नआएसम्म सम्पूर्ण क्रिकेट गतिविधि बन्द गर्ने निर्णय गरेको हो । क्यानले तय भएका सिरिजहरु पनि तत्कालका लागि स्थगित गरेको छ ।

विश्वभर कोरोना भाईरस महामारीको रुपमा फैलिएपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाईएको छ । कोरोनाको दोस्रो लहर तीव्र गतिमा फैलिन सुरु भएपछि क्यानले सम्पूर्ण गतिविधि बन्द गरेको हो ।