कोरोना विशेष

अब अस्पतालले धान्न सक्दैन, कोरोनाको दोश्रो लहर आउनुको नालीबेली, किन र के कारणले आयो कोरोनाको दोस्रो लहर ? (भिडियोसहित)


काठमाडौँ – विश्वमा कोरोनाको दोस्रो लहर सुरु भएसँगै नेपालमा पनि यसको असर परेको छ । कोरोनाको संक्रमण दिनप्रतिदिन बड्दै गइरहेको अवस्थामा नेपाल सरकारले बिहीबार आज देखि मानववस्ती धेरै भएको जिल्ला र धेरै संक्रमित भएको जिल्लामा निषेधाज्ञाको गरेको छ ।
नेपालमा गलत आत्मविश्वासका कारण दोस्रो लहर आएको प्राध्यपक डाक्टर सुबोधसागर ढकालले बताउनु भएको छ । योहो टेलिभिजनको विशेष कार्यकक्रमा योहो हेल्थमा कुरा गर्दै कोरोनाविरुद्धको खोप आईसकेपश्चात् जनसमुदायमा एक ‘फल्ट कन्फिडेन्ट’ आएको र भाइरसबाट संक्रमित नहुने विश्वाका काराण पनि दोस्रो लहरको सुरुवात भएको उहाँले बताउनु भएको हो । नाकामा कडाई नगर्नाले यसले झन् त्रास बढाएको छ । मुलुकमा लकडाउन नगर्ने हो भने भारतको जस्तो अवस्था आउन निश्चित नै भएको छ । विस्तारै अस्पतालले बिरामीलाई धन्न नसक्ने अवस्थाको सिर्जना हुन सक्ने सम्भावना आउन सक्छ । यसका लागि लकडाउन अतिआवश्यत रहेको प्रा.डा.ढकालले बताउनु भएको छ ।

थप जानकारीका लागि पूरा अन्तर्वार्ता हुर्नुहोस् ।