Breaking

निषेधाज्ञाको पहिलो दिन जे देखियो, ठुलालाई चैन सानालाई ऎन (भिडियोसहित)


काठमाडौँ – काठमाडौँ उपत्यकामा कोरोना भाइरस नियन्त्रण गर्न निषेधाज्ञा गरिएको आज पहिलो दिन । कोरोना भाइरसको दोस्रो लहर तीव्र रुपमा फैलिएका बेला उपत्यकाका तीन वटै जिल्लाले निषेधाज्ञा गरेका हुन् । निषेधाज्ञाको पहिलो दिन आज झण्डै २ हजार बढी सवारी नियन्त्रणमा लिईएको छ ।

विभिन्न बहानामा निषेधाज्ञा उल्लंघन गर्दै हिडेका उनीहरुलाई सुरक्षाकर्मीले होल्ड गरेर राखेका थिए । निषेधाज्ञामा कतै जाम र कतै सुनसानको अवस्था देखिएको छ ।