कोरोना विशेष

भारतमा कोरोना संक्रमणको स्थिति भयावह, दैनिक तीन लाखभन्दा बढी संक्रमित


काठमाडौँ – छिमेकी देश भारतमा लगातार एक हप्ता दैनिक तीन लाखभन्दा बढी कोरोना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा झण्डै तीन लाख ६३ हजार कोरोना संक्रमित थपिएका छन् । भारतमा कोरोना संक्रमितको संख्यासंख्या १ करोड ७९ लाख ८८ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा भारतमा तीन हजार दुई सय ८५ जनाको मृत्यु भएको छ । भारतमा हालसम्म मृत्यु हुने कोरोना संक्रमितको संख्या २ लाख १ हजार १ सय ६५ पुगेको छ । यसैबीच, भारतमा आजदेखि तेस्रो चरणको खोपका लागि नाम दर्ता गराउन सुरु गरिँदैछ । १८ वर्ष उमेर पुरा भएका नागरिकलाई खोप लगाउन सरकारले नाम दर्ताको लागि आह्वान गरेको छ ।