खेलकुद

बैंगलोर जितसँगै अंकतालिकाको शीर्ष स्थानमा


काठमाडौँ – इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोर (आसीबी) ले दिल्ली क्यापिटल्सलाई पराजित गर्दै अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । प्रतिष्पर्धात्मक खेलमा क्यापिटल्सलाई १ रनले हराउदै बैंगलोर शीर्ष स्थानमा उक्लिएको हो ।

मंगलबार राति अहमदाबादमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बैंगलोरले निर्धारित ओभर खेल्दै दिएको १ सय ७२ रनको लक्ष्य पछ्याउने क्रममा दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७० रन मात्र बनाउन सक्यो । दिल्लीका लागि कप्तान ऋषव पन्त र शिम्रोन हिटमायरले अर्धशतकीय इनिङ्स खेले पनि दिल्लीलाई जित दिलाउन त्यो पर्याप्त भएन । कप्तान पन्तले अविजित रहदै ५८ रन बनाए । हिटमायरले अविजित ५३ रन जोडे । यस्तै मार्कुस स्टोनिसले २२ रन जोड्दा पृथ्वी शले २१ रन बनाए ।

बैंगलोरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७१ रन बनाउने क्रममा एबी डी भिलियर्सले सर्वाधिक रन जोडे । उनले ४२ बलको सामना गर्दै अभिजित ७५ रनको आक्रमक पारी खेलेका थिए । यस्तै रजत पाटीदरले ३१ रन जोड्दा ग्लेन म्याक्स्वेलले २५ रन जोडे । कप्तान विराट कोहली १२ रनमा आउट भएका थिए ।
६ खेल खेलेका दिल्लीले ४ मा जित र २ मा हार व्योहोर्दै ८ अंकसहित तलिकाको तेस्रो स्थानमा छ ।