मनोरञ्जन

सांगीतिक जीवनबाट विश्राम लिँदै नितेषजंग ?


काठमाडौँ– नेपाली सांगीतिक क्षेत्रमा गायक नितेष जंग कुँवरको राम्रो क्रेज छ । आफ्ना गीतसंगीतका कारणले उनले सांगीतिक क्षेत्रमा पछिल्लो समय राम्रो उचाई बनाएका छन् ।
करिब दुई हप्ताअघि मात्रै ‘फ्रस्टु’ गीत सार्वजनिक गरेका गायक नितेशजंग कुँवरले आफ्नो सांगीतिक यात्रा यहीँ थाती राख्ने निर्णय लिएका छन् । आइतबार उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यसबारे जानकारी गराएका हुन् ।

उनै, नितेशले सामाजिक संजालमा एउटा स्टाटस लेख्दै आफ्नो सांगीतिक करिअर निष्कर्षमा पुगेको उल्लेख गरेका छन् । उनले लेखेका छन् ‘मलाई विश्वास छ कि, मेरो नेपाली सांगीतिक क्षेत्र निष्कर्षमा पुगेको छ । सबैलाई यो साथका लागि धेरै–धेरै धन्यवाद स्वस्थ रहनुहोस्, नम्र हुनुहोस् ।’

नितेशले सांगीतिक क्षेत्र निष्कर्षमा पुगेको उल्लेख गरेपनि यो क्षेत्रबाट टाढा हुनुको कारण भने खुलाएका छैनन् । केही महिना अगाडि चलचित्र ‘बाबरी’मा काम गर्ने पक्का भएर पनि नितेशले अन्तिम समयमा छाडेका थिए । नितेशको स्वरमा समावेश ‘हाम्रो नेपालमा वुझ्यो होइन कुरा परी, पिडित, धोकेवाज, सिन्धुलीगढी, मलाई उल्लु नबनाउनु’ लगायतका गीत हिट भएका थिए ।