अर्थनीति

मौद्रिक नीतिलाई समय सापेक्ष बनाउने


काठमाडौँ – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिलाई समय सापेक्ष बनाउदै पुराना कार्यक्रलाई निरन्तरता दिने बताउनुभएको छ ।
केन्द्रीय बैकको ६६औं वार्षिक उत्सवको अवसरमा भर्चुअल माध्यमबाट मन्तव्य राख्दै गभर्नर अधिकारीले कोभिड राहत लाई निरन्तरता दिने बताउनुभएको हो । कोभिड १९ को संक्रमणका बीच नेपाल राष्ट्र बैंकले जारी गरेको आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिको कार्यान्वयनले सकारात्मक परिणाम प्राप्त भइरहेको उहाँको भनाइ छ । सो क्रममा गभर्नर अधिकारीले समष्टिगत आर्थिक स्थायित्व कायम गर्दै वित्तीय क्षेत्रबाट परिचालन हुने स्रोत साधनलाई पूर्वाधार क्षेत्र, साना तथा मझौला उद्यम, कृषि, उर्जा, पर्यटनलगायत उत्पादनशील क्षेत्रतर्फ निर्देशित गरी आर्थिक पुनरुत्थानका लागि सहयोग गर्ने समेत प्रतिवद्घता व्यक्त गर्नुभएको छ । साथै, विद्युतीय भुक्तानी माध्यममार्फत कारोबारहरूलाई प्रवद्र्घन गर्न र वित्तीय समावेशिता तथा वित्तीय ग्राहक संरक्षण गर्नेतर्फ प्रतिबद्ध रहेको समेत उहाँको भनाइ छ ।