मनोरञ्जन

गायक प्रशान्त तामाङकी आमाको निधन


काठमाडौँ – गायक तथा अभिनेता प्रशान्त तामाङकी आमाको निधन भएको छ । दार्जिलिङस्थित एक अस्पतालमा तामाङकी आमा रुपा तामाङको निधन भएको हो ।

‘आफ्नो सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै तामाङले आमाको निधन भएको जानकारी गराएका हुन् । फेसबुकमा भावुक स्टाटस पोष्ट गर्दै उनले लेखेका छन् एउटी आमा गुमाउनु भनेको एक क्षणमा हुँदैन, जे भयो त्यसको प्रभावलाई बुझ्न वर्षौं लाग्छ । हार्दिक श्रद्धाञ्जली मेरो सबैभन्दा प्यारो आमा । आई लभ यू,’ । उनले यो दुखद् घडिमा बलियो हुन प्रेरित गर्ने सबैमा धन्यवाद पनि प्रकट गरेका छन् ।

तामाङ संसारभर लोकप्रिय भारतीय रियालिटी सो ‘इन्डियन आइडल सिजन ३’ को विजेता हुन् । उनले नेपाली संगीत र चलचित्र क्षेत्रमा पनि आफ्नो योगदान दिएका छन् । उनले ‘गोर्खा पल्टन, परदेशी, निशानी, अंगालो यो मायाको, धडकन’ जस्ता चलचित्रमा नायकको भूमिका पनि निर्वाह गरिसकेका छन् । गत वर्ष फिल्म ‘परदेशी २’ को छायांकन सकेर दार्जिलिङ फर्किएका प्रशान्तले पछिल्लो पटक ‘आगो पिएर बाँच्ने’ गीत रेकर्ड गराएका थिए । जुन सबै दर्शकले निकै रुचाएको थियो ।