राजनीति

एमसीसी पारित हुने सुनिश्चित नभएसम्म गठबन्धनमा अघि नबढ्ने देउवाको अडानले प्रचण्ड सहमत गर्न तयार (भिडियोसहित)


काठमाडौँ – एमसीसी प्रस्ताव अनुमोदन गर्ने सुनिश्चित नभएसम्म गठबन्धनमा अघि नबढ्ने कांग्रेसको अडानले माओवादी लचक बन्न बाध्य भएको छ । अविश्वास प्रस्तावमा अघि बढ्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एमसीसीको पक्षमा लाग्नुपर्ने सर्त राखेपछि प्रचण्डसहमत भएका छन् ।

एमसीसी सम्झौतालाई लिएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच नयाँ सत्ता समीकरण नै अप्ठेरोमा मोडमा छ । कांग्रेस सभापति देउवा जसरी पनि एमसीसी संसद्बाट पास हुनुपर्ने पक्षमा छन् भने माओवादी केन्द्रका अध्यक्ष दाहालको फरक मत छ । यसैकारण देउवामा नयाँ गठबन्धनको सरकारमा अनिच्छा बढ्दै गएको छ ।जसको छट्पटी प्रचण्डमा बढेको छ । तर प्रधानमन्त्री केपी शर्मा ओलीबाट जसरी पनि सत्ता खोस्ने रणनीति बनाइरहेका प्रचण्डलेअब भने देउवाको पदचाप पछ्याउने थालेका छन् । प्रधानमन्त्री ओलीविरुद्ध केही दिनभित्रै अविश्वास प्रस्ताव दर्ता गराउने तयारी गरिरहेका दाहाल संसद्बाट एमसीसी सम्झौता अनुमोदन गर्ने गरी संकल्प प्रस्ताव ल्याउन देउवासंग सहमत भएका हुन् ।

यसअघि देउवा नेतृत्वको सरकारका पालामा तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्र कार्कीले एमसीसी सम्झौतामा नेपालका तर्फबाट हस्ताक्षर गरेका थिए । ओली नेतृत्वको सरकार बनेपछि तत्कालीन नेकपाको प्रचण्ड–माधव धार एमसीसीप्रति कठोर बनेको थियो । एमसीसी सम्झौता यथास्थितिमा पास हुन नसक्ने प्रचण्ड–माधव पक्षको अडानले संसद्मा यो सम्झौता दुई वर्षदेखि दर्ता भएर अड्किएको छ । तर यही अड्कोले नयाँ गठबन्धनको सरकार नबन्ने अवस्था आएसंगै दाहालले आफ्नो अडानलाई बेचेर एमसीसी पासको यात्रा थालनी गरेका हुन् । देउवा र प्रचण्डबीच सहमति जुटेसंगै अविश्वास प्रस्ताव पास भएर नयाँ बन्ने सरकारमार्फत एमसीसीबारे संकल्प प्रस्ताव पारित गर्ने तयारी गरिएको छ ।एमसीसी संसद्बाट पारित गर्नुपर्ने सबैभन्दा धेरै हतारो कांग्रेस सभापति देउवालाई छ । आफ्नै नेतृत्वको सरकारले सम्झौता गरेको एमसीसी पास गर्न प्रधानमन्त्री ओलीलाई दबाब दिएपछि ओलीले केही समययता यो विषयलाई जोडतोडले उठाइरहेका छन् ।

नयाँ सत्ता गठबन्धनको प्रयासलाई जसरी पनि असफल पार्नुपर्ने बाध्यतामा पारेका ओलीले एमसीसीकै मुद्वा उठाएर देउवालाई नजिक बनाउने गरेको कोशिसले प्रचण्डमाशंसयपैदा गरेको छ । त्यसो त एमसीसी आवश्यकता र औचित्यको बहस भन्दा पनि सत्ता स्वार्थ केन्द्रीत राजनीतिकप्रतिष्ठाको विषय बनेको छ ।