बिजनेस

लगातार दोस्रो दिन उच्च अंकले घट्यो नेप्से


काठमाडौँ – साताको दोस्रो कारोबारको दिन सोमबार नेप्सेमा भारी अंकको गिरावट आएको छ । साताको पहिलो कारोबारको दिन आइतवार देखि नै ओरालो लागेको सेयर बजारमा आज पनि दोहोरो अंकको गिरावट आएको हो । सोमबार नेप्से परिसूचक ६५ दशमलव ५८ अंकले घट्दै २ हजार ५०६ दशमलव ६१ विन्दुमा झरेको छ ।

त्यस्तै ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ११ दशमलव २५ घटेर ४ सय ५२ दशमलव ७९ बिन्दुमा पुगेको हो । कूल २२० कम्पनीको एक करोड २६ लाख २१ हजार ९६४ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ४८ करोड ६७ लाख १३ हजार २३९ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सबै समूहको सूचकहरू घटेका छन् ।

बजार भारी अंकले घट्दा अप्पर तामाकोशी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । त्यसैगरी, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नेपाल पुनर्बीमा कम्पनी, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स लगायतको सर्वाधिक कारोबार भएको छ । विशाल बजार कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाउँदा रिलायन्स फाइनान्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् ।