कोरोना विशेष

काठमाडौँ उपत्यकाका जिल्ला प्रमुखहरुको बैठक बस्दै


काठमाडौँ – काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्दैछ। कोरोना संक्रमण नियन्त्रणका लागि छलफल गर्न दिउँसो १ बजे बैठक बस्ने लागेको हो। काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले उपत्यकामा थप कडाइ गर्न सक्ने बताइएको छ।

कोभिड संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी०को आइतबार बसेको बैठकले कोरोना महामारीको दोस्रो लहर तीव्र गतिमा फैलिएको निष्कर्ष निकाल्दै कम्तीमा वैशाख मसान्तसम्म लकडाउनको सिफारिस गरेको थियो। लकडाउनमा नगए सक्रिय संक्रमित रहेका जिल्लामा निषेधाज्ञा जारी गर्न सुझाव र शैक्षिक संस्थाका परीक्षाहरु स्थगित गर्नसमेत मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो । यसै विषयलाई लिएर आजै प्रधानमन्त्री निवास बालुवाटारमा ५ बजे मन्त्रिपरिषद्को बैठक पनि बस्दैछ ।