बिजनेस

कोरोना प्रभाव : नेप्सेमा उच्च अंकको गिरावट


काठमाडौँ – साताको पहिलो कारोबारको दिन आइतबार नेप्सेमा उच्च अंकको गिरावट आएको छ । बजार खुलेको केही समयदेखि नै निरन्तर गिरावट रहेको बजारमा अन्तिमसम्ममा गिरावटले नै निरन्तरता पायो । आइतवार नेप्से परिसूचक ७५ दशमलव ७९ अंकले घट्दै २ हजार ५७२ दशमलव २२ विन्दुमा झरेको छ ।

यस्तै त्यस्तै ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १२ दशमलव ५६ अंकले घट्दै ४५६ दशमलव ०५ विन्दुमा झरेको छ । कारोबारमा आएका कुल २ सय १५ कम्पनीको १ करोड ४६ लाख ९० हजार ७ सय २० कित्ता शेयर ७ अर्ब २८ करोड ४१ लाख ९४ हजार ९ सय १ रुपैयाँमा खरिदबिक्री भएको छ ।

आइतबार सबै समूहको सूचकहरू घटेका छन् । सबैभन्दा धेरै होटल तथा पर्यटन समूहमा ६ दशमलव १४ प्रतिशतको गिरावट आएको छ । यस्तै सबैभन्दा कम गिरावट मुचुअल फण्डमा देखिएको छ ।