राजनीति

प्रधानमन्त्री ओली र नेता बामदेव गौतमबीच भेटवार्ता


काठमाडौँ – प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता बामदेव गौतमबीच भेटवार्ता भएको छ ।
बिहिबार साँझ प्रधानमन्त्री निवास वालुवाटार ओली र गौतमबीच भेटवार्ता भएको हो । गौतमले बिहिबारको डिनर प्रधानमन्त्री निवासमै लिएका हुन् । भेटघाटका क्रममा नेता गौतमले प्रधानमन्त्री ओली प्रधानमन्त्री तथा पार्टी अध्यक्ष भएपनि उनीसँगको आफ्नो सम्बन्ध पदको कारणले नभई जमानादेखिको रहेको र सम्बन्ध अटुट रहिरहने बताएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो । भेटवार्तामा एमाले प्रमुख सचेतक विशाल भट्टराईसहित कानूनमन्त्री लीलानाथ श्रेष्ठ पनि सहभागी रहेका थिए ।