राजनीति

उपनिर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगको आग्रह


काठमाडौँ – आगामी जेठ ६ गते हुने राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा लागि दल दर्ता गर्न निर्वाचन आयोगले आग्रह गरेको छ ।
संविधानको धारा २७१ अनुसार उपनिर्वाचनमा लागि राजनीतिक दल दर्ता गर्न आयोगको आग्रह छ । दलको विधान, नियमावली तथा घोषणापत्रसहित कागजातहरू दल दर्ताका लागि आवश्यक पर्छ । निर्वाचन आयोगले आज एक सूचना जारी गदै वैशाख १४ गतेभित्र दल दर्ता गर्न आग्रह गरेको छ । बागमती प्रदेशमा रिक्त एक राष्ट्रिय सभा सदस्यका लागि उपनिर्वाचन हुन लागेको हो । नेकपा माओवादी केन्द्रबाट २०७४ को निर्वाचनमा रामबहादुर थापा बादल यो क्षेत्रबाट निर्वाचित भएका थिए । बादलले दल त्याग गरेको भन्दै माओवादी केन्द्रले पद रिक्त गरिदिन सिफारिस गरेपछि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पद रिक्त गरेका थिए ।