कोरोना विशेष

असारसम्म तीन लाख व्यक्तिमा कोरोना हुन सक्ने अनुमान


काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिनासम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको छ ।

मन्त्रालयले कोभिड–१९को संक्रमण दर उच्च भएको र अहिले युके भेरियन्ट देखा परेकाले अबको तीन महिनामा संक्रमण दर उच्च हुने देखिएको बताएको हो । हिजो प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आगामी बजेट सम्बन्धमा भएको छलफलमा मन्त्रालयका सचिव लक्ष्मण अर्यालले यस्तो तथ्याङ्क प्रस्तुत गर्नुभएको हो । उहाँका अनुसार ३ लाख संक्रमित मध्ये ६० हजारलाई अस्पतालमा उपचार गर्नुपर्ने, ३० देखि ३५ हजार विरामीलाई अक्सिजन दिनुपर्ने र १५ हजार बिरामीलाई सघन उपचार कक्ष (आइसियु) आवश्यक पर्ने अनुमान छ ।