राजनीति

वामपन्थीहरुलाई एकताबद्ध हुन प्रचण्डको अपिल


काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिहरुलाई एकताबद्ध हुन अपिल गर्नुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले प्रगतिशील शक्तिहरुलाई एकताबद्ध हुँदै प्रतिगमनविरुद्धको अभियानमा लामबद्ध हुन अपिल गर्नुभएको हो । देशको आर्थिक विकास, समृद्धि र समाजवादउन्मुख संविधानको रक्षा, परिमार्जन तथा कार्यान्वयनका निम्ति प्रतिगमन विरोधी शक्तिहरुको ऐक्यबद्धता अहिलेको ऐतिहासिक आवश्यकता भएकोमा प्रचण्डले जोड दिनुभएको छ । कम्युनिष्ट आन्दोलनमा चल्ने अन्तरसंघर्षले विभिन्न समयमा पार्टीभित्रका विकृति–विसंगतिलाई किनारा लगाउने गरेको उहाँले स्मरण गर्नुभएको छ ।