खेलकुद

लिगको अन्तिम खेलमा आज नेपाल र मलेसिया भिड्ने


काठमाडौँ – नेपालमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत लिगको अन्तिम खेल आज हुँदै छ । लिगको अन्तिम खेलमा आज नेपाल र मलेसिया भिड्दै छन् ।

टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो १ः१५ बजे सो खेल सुरु हुनेछ । नेपाल भने यसअघि नै फाइनलमा पुगिसककेको छ । सिरिज अन्तर्गत बुधबार नेदरल्यान्ड्स र मलेसियाबीचको खेल बराबरीमा सकिएपछि नेपाल फाइनलमा प्रवेश गरेको हो । वर्षाले पटक—पटक प्रभावित भएको नेदरल्यान्ड्स र मलेसियाबीचको खेल बराबरी भएसँगै नेपाल एक खेल अगाबै फाइनल पुगेको हो । नेपालसँगै नेदरल्यान्ड्स पनि फाइनल पुगेको छ । मलेसिया भने बाहिरिएको छ । अब लिगको अन्तिम खेलमा आज नेपाल र मलेसिया भिड्ने छन् । उक्त खेलले शीर्ष स्थान र दोस्रो स्थानमा रहने टिमको तय हुनेछ । मलेसियालाई हराएमा नेपाल शीर्ष स्थानमा रहदै फाइनल पुग्नेछ । नेपाल पराजित भएमा दोस्रो स्थानमा रहदै फाइनल यात्रा तय गर्नेछ ।