प्रदेश नं. २

रौतहटमा शौच गर्न खेतमा जाँदा चट्याङ लागेर एकको मृत्यु


काठमाडौँ – रौतहटमा शौच गर्न खेतमा गएको बेला चट्याङ लागेर एक पुरुषको मृत्यु भएको छ । आज बिहानै देखि निरन्तर वर्षासँगै आएको हावाहुरी र चट्याङ लागेर ४५ वर्षीय लक्षण महराको मृत्यु भएको हो ।

गुजारा–७ पल्टुवा निवासी महरा हिजो आफन्तको बिहे भोज खान गुजरा ८ जयराजपुर पुगेका थिए । बिहान करिब ६ बजे तिर शौच गर्न गएको समयमा चट्याङ लागेर घटनास्थलमा नै मृत्यु भएको स्थानीयले बताएको छ ।