राजनीति

राप्रपाका तीन नेता एमालेमा प्रवेश


काठमाडौँ – लुम्बिनी प्रदेशका तीन नेताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । लामो समय राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्य रहेर काम गरेका नेताहरु बुधबार एमाले पार्टीमा प्रवेश गरेका हुन् । तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य एवं रुपन्देहीका नेता राजेन्द्र पाण्डे, अर्घाखाँचीका नेता एवं केन्द्रीय सदस्य नारायण आचार्य तथा रुपन्देहीकै नेता एवं केन्द्रीय सदस्य नवीन पौडेल राप्रपा छोडी एमालेमा प्रवेश गरेका हुन् । पार्टी प्रवेश गरेका तीन नेतालाई प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली खानेपानी मन्त्री रहेका मणीराज थापाले सरकारी निवास बालुवाटारमा स्वागत गरेका थिए । नव प्रवेश गरेका नेताले नेकपा एमालेको सांगठनिक जीवनमा उल्लेख्य भूमिका खेल्ने पार्टी अध्यक्ष ओलीले विश्वास व्यक्त गरे।