विदेश

पाकिस्तामा चिनियाँ राजदूतलाई लक्षित गरी बम आक्रमण

चार जनाको मृत्यु, ११ घाइते


काडमाडौँ – पाकिस्तानका लागि चिनियाँ राजदूत नोङ रोङलाई लक्षित गरी पाकिस्तानमा बम विस्फोट भएको छ ।
विस्फोट हुँदा होटलमा रहेका कम्तिमा चार जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । उनको हत्या गर्न क्वेटा शहरस्थित मशहुर सेरेना होटेलमा बलूच पृथकतावादी सशस्त्र समूहले बम विस्फोट गएको अन्तर्राष्टिय संचारमाध्यमहरुले जनाएका छन् । घटनाको जिम्मेवारी भने पाकिस्तानी तालिवानले लिएको छ । विस्फोटका बेला क्वेटा शहरमै भएपनि चिनियाँ राजदूत सो होटलमा पुगेका थिएनन् । सेरेना होटल क्वेटा शहरकै सुविधासम्पन्न मानिन्छ । त्यहाँ सरकारी अधिकारीहरू र सार्वजनिक छवी भएका व्यक्तिहरू पुग्ने गर्छन् । पाकिस्तानका गृहमन्त्री शेख राशिद अहमदले कारमा विस्फोटक भरेर होटलमा विस्फोट गराएको पाइएको जानकारी दिएका छन् ।