राजनीति

सरकारलाई दिएको समर्थनको निर्णय लिन प्रचण्डलाई जिम्मा


काठमाडौँ – नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थनबारे निर्णय गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ ।
आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले सो निर्णय गरेको हो । बैठकपछि निर्णय सुनाउँदै नेता नारायणकाजी श्रेष्ठले समर्थनबारे निर्णय गर्ने अधिकार प्रचण्डलाई दिएको बताउनुभयो । माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिएको भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले बारम्बार कटाक्ष गर्दै आउनुभएको छ ।