खेलकुद

जारी आईपीएलमा हैदरावादको पहिलो जित, पञ्जाब ९ विकेटले पराजित


काठमाडौँ – किंग्स इलेभेन पञ्जाबलाई हराउँदै इन्डियामा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराईजर्स हैदराबादले यस सिजनको पहिलो जित हात पारेको छ । हैदरावादले किंग्स पञ्जाबलाई नौ विकेटले हराउदै पहिलो जित निकालेको हो ।

हैदरावादलाई जितका १२१ रनको विजयी लक्ष्य दिएको पञ्जाबले दिएको १२१ रनको विजयी लक्ष्य हैदरावादले एक विकेट गुमाउदै पुरा गरेको हो । हैदरावादले निर्धारित ओभरको आठ बल बाँकी छदै सो लक्ष्य भेटाएको थियो । उसका लागि जोनी बेयस्टो अविजित ६३ रन बनाएका थिए । त्यस्तै कप्तान डेविड वार्नर ३७ रनमा फाबियन एलेनको बलमा आउट हुँदा केन विलियम्स १६ रनमा अविजित रहे ।

यसअघि टस जितेर व्याटिङ गरेको पञ्जाबले १९.४ बलमा सबै विकेट गुमाइ १२० रन बनाएको थियो । उसका लागि मयांक अग्रवाल र शहरुख खानले सर्वाधिक समान २२/२२ रन जोडेका थिए ।
क्रिस गेलले १५, मोइसेस हेन्रिक्सले १४ रन जोड्दा दिपक होडा १३ रनमा आउट भए । बाँकी कुनै पनि खेलाडीले दोहोरो अंक छुन सकेन । पञ्जाबलाई सस्तैमा रोक्न हैदरावादका खलिल अहमेदले ३ विकेट लिए । अविशेक शर्माले २ विकेट लिएका थिए ।

हैदरावादले आफ्नो पहिलो जितसँगै अंक तालिकामा दुई अंक जोडेको छ । सनराईजर्स ४ खेलबाट २ अंक जोड्दै तालिकाको पाँचौ स्थानमा छ भने पञ्जाब समान अंक सहित तालिकाको पुछारमा रहेको छ ।