राजनीति

खनाल–नेपाल समूहले स्पष्टीकरणको प्रतिवादसहित जवाफ दिने


काठमाडौँ – प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार सोधेको स्पष्टीकरणको जवाफ खनाल–नेपाल समूहले दिने भएको छ । आज बसेको स्थायी कमिटी बैठकले खनाल–नेपाल समूहले ओलीले पठाएको स्पष्टीकरणको प्रतिवादसहित जवाफ दिने निर्णय गरेको हो ।

त्यस्तै खनाल–नेपाल समूहले पार्टी स्थापना दिवसको अवसर पारेर वैशाख ९ (भोली) पार्टी एकताको आह्वान गर्ने निर्णय पनि गरेको छ । पार्टी भित्रको विवाद मिलाउनका लागि पार्टी एकताको आह्वान गर्दै अपिल जारी गर्ने भएको हो ।
अध्यक्ष केपी शर्मा ओलीले मंगलबार नेता माधवकुमार नेपालसहित संघीय संसदका २७ र प्रदेशका ५ गरी ३२ सांसदलाई स्पष्टीकरण सोधेका थिए ।केही नेताहरूलाई २ दिन र केही नेतालाई ३ दिनभित्र स्पष्टीकरण पेश गर्न भनिएको छ ।