कोरोना विशेष

आतंक मच्चाइएको होइन, यसकारण सचेत रहौं, नयाँ कोरोनाले यस्तो बनाउँदै छ


काठमाडौँ – एक हप्ता देखि नेपालमा पनि दोस्रो लहरको कोरोना संक्रमितको संख्या लगातार बढ्दो क्रममा छ । बढ्दो तथ्यांकलाई मध्यनजर गर्दै सरकारले स्वास्थ्य मापदण्डलाई कडाइ गरे पनि त्यसको प्रभावकारीता भने शुन्य प्रायः अवस्थामा छ ।

गत मंसिरदेखि नेपालमा कोरोना संक्रमण निरन्तर घट्दो क्रममा थियो । गएको करिव ३ महिना त लगभग मानिसले कोरोना पनि विर्सिसकेका थिए । तर बैशाखदेखि पुन संक्रमणदर तुलनात्मक रुपमा बढ्दै गएपछि यसले पुन चिन्ता जगाएको छ । नेपालमा कोरोनाको नयाँ भेरियन्टका कारण संक्रमण समूदायसम्म फैलिन थालेपछि सरकारले विद्यालय, कलेज तथा विश्वविद्यालय बन्द गरी अनलाइन मार्फत पढाउन निर्देशन दिइसकेको छ । नेपालमा अहिले देखिएको यूके भेरियन्ट बढी नै संक्रामक भएकाले यसले पुराउने क्षतिबाट बच्न सचेत रहनु पर्ने स्वास्थ्य मन्त्रालयको सुझाव र आग्रह छ ।

यसअघि कोरोना भाइरसको असर कमजोर हुँदै जाँदा मानवीय क्षति पनि कम हुँदै गयो । जनजीवन पनि सहज बन्यो । तर यस पटक फेरि कोरोनामा सक्रिय ब्याक्टेरियाहरुका कारण जटिल अवस्था श्रृजना गरेको जनस्वाथ्यविद्हरुको दावी छ ।

देशैभर पछिल्लो समयमा भएका परीक्षण र त्यसको नतिजा हेर्दा कोरोनाको दोस्रो लहर नेपालमा पनि फैलदो क्रममा देखिन्छ । सरकारका अधिकारीहरुले पनि अघिल्लो पटक कोरोना लक्षित बनाएका नियम, परिपालना, प्रभावकारिता र नतिजाको अनुभवलाई आधार मानेर यस पटक संयमित भएर जिम्मेवारी पुरा गर्नु आवश्यक छ ।