फोटो फिचर

यसरी ठडियो सबैले हेर्न चाहेको २२ तले धरहरा (फोटोफिचार)

काठमाडौँको २२ तले धरहरा


काठमाडौँ – भूकम्पले भत्काएको ऐतिहासिक धरहराको मुख्य मुख्य निर्माण काम अन्तिम चरणका पुगेको छ । निर्माण कार्य सम्पन्न भएसँगै आगामी बैशाख ११ गते धरहराको उद्घाटन गरिंदैछ । यता सर्वसाधारण पनि लामो समय पछि धरहराले पुर्णता पाउदा खुसि देखिएका छन् ।

२०७२ वैशाख १२ गतेको भूकम्पले पूर्णरूपमा क्षतिग्रस्त बनाएको धरहरा पुननिर्माण मुख्य निर्माण कार्य सम्पन्न भएको छ । अहिले धरहरा स्तम्भको मात्रै निर्माण सम्पन्न भएको हो । अहिले सम्म २२ तले धरहराको लागत ३ अर्ब ४८ करोड छ । धरहरा स्तम्भसँगै पार्किङ स्थल, उद्यान, म्युजियम लागयतका संरचनाहरु बन्नेछन् ।

बाँकी काम पनि धमाधम भइरहेको छ ।राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले मुख्य निर्माणकार्य सम्पन्न भएपछि आगामी बैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट धरहराको उद्घाटन गर्ने कार्यक्रम तय गरिसकेको छ ।उद्घाटनको मिति नजिकिदै गए पछि निर्माणस्थलमा कामको चटारो बढेको छ । छिटो काम सक्न कामलाई चौविसैघण्टा बनाइएको छ । मुलुकको इतिहास र सम्पदासँग जोडिएको यो धरहराको २० औं तलामा काठमाडौं उपत्यकाको दृश्यावलोकन गर्नका लागि सिसाले घेरिएको भ्यु पोइन्ट बनाइएको छ ।

वैैशाख ११ गते उद्घाटन गरिए पनि सर्वसाधारणका लागि केही समयपछि मात्र खुला गरिनेछ । निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर श्यामचन्द्र श्रेष्ठले नयाँ धरहरामा जमिनमुनीबाट लिफ्ट प्रयोग गरी २० औं तलासम्म जान मिल्ने व्यवस्था गरिएको बताउँछन् । पुरानै शैलीको एउटा भ¥याङ पनि रहनेछ जुन हिडेरै जान चाहनेहरुले प्रयाग गर्नेछन् ।

नयाँ धरहराको चौडाइ पुरानोको भन्दा ठूलो छ । धरहराको निर्माण पूरा हुन लाग्दा सर्वसाधारण पनि खुशी देखिन्छन् ।

वि.सं. १८८२ मा भीमसेन थापाको पालामा निर्माण भएको धरहरा १९९० सालको भूकम्पका बेला पनि क्षति पुगेको थियो । ६ वर्षअघिको भूकम्पमा पूर्णरूपमा क्षति भएपछि धरहरा निर्माणको काम अन्योलमा परे पनि दुई वर्षदेखि जारी नयाँ धरहरा निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । काठमाडौँ उपत्यकाको गरिमा बनेको धरहरा भुकम्पले फेदै देखि लडाएपछि धरहराको सुन्दरता गुमाएको सुन्धाारा क्षेत्रले पुनः पुरानो आकृती पाएको छ ।