देश

माओवादी केन्द्रले समर्थन फिर्ता लिने सम्भावना


काडमाडौँ – सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ ।
दिउँसो १ बजे पार्टी कार्यालय कोटेश्वरमा बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रममा केन्द्रित भएर छलफल हुने नेताहरूले बताएका छन् । ओली सरकार ढालेर नयाँ सरकार गठनको प्रयासमा रहेका माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र जसपासँग रणनीतिक छलफल गरेपछि स्थायी कमिटी बैठक बोलाउनुभएको हो । दुई दलसँग भएको छलफलका बारेमा प्रचण्डले बैठकमा जानकारी गराउने तय गरिएको छ । त्यसपछि नेताहरूले धारणा राख्ने छन् । वस्तुस्थितिको मुल्यांकन गरेर निर्णय लिइने माओवादीले जनाएको छ ।