राजनीति

माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित


काठमाडौँ – नेकपा माओवादी केन्द्रले आज बोलाएको स्थायी कमिटी बैठक स्थगित भएको छ ।
सरकारले आजदेखि लागू हुने गरी संसद्को हिउँदे अधिवेशन अन्त्य गरेपछि माओवादी केन्द्रले पनि स्थायी कमिटी बैठक स्थगित गरेको हो । पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा अन्य दलसँग छलफल गर्नुपर्ने भएकाले बैठक स्थगित गरिएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । माओवादी केन्द्रले मुलतः सरकरलाई दिएको समर्थन फिर्ता लिने र राजनीतिक घटनाक्रममा केन्द्रित रहेर छलफल गर्ने भनिएको थियो । बैठक दिउँसो १ बजे पार्टी कार्यालय कोटेश्वरमा बोलाइएको थियो ।

ओली सरकार ढालेर नयाँ सरकार गठनको प्रयासमा रहेका माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र जसपासँग रणनीतिक छलफल गरेपछि स्थायी कमिटी बैठक बोलाउनु भएको हो । दुई दलसँग भएको छलफलका बारेमा प्रचण्डले बैठकमा जानकारी गराउने तय गरिएको छ । त्यसपछि नेताहरूले धारणा राख्ने छन् । वस्तुस्थितिको मुल्यांकन गरेर निर्णय लिइने माओवादीले जनाएको छ ।