खेलकुद

त्रिकोणात्मक क्रिकेट सिरिजमा आज नेपाल र मलेसिया भिड्दै


काठमाडौँ – त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत आज नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र मलेसियाबीचको खेल दिउसो साव १ बजे सुरु हुने छ । पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको नेपाल सिरिजमा लगातार जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रिने छ । मलेसिया भने पहिलो जितको खोजीमा रहनेछ । नेदरल्यान्ड्ससँग आइतबार भएको खेलमा १५ रनले पराजित भएको मलेसियाको लक्ष्य नेपाललाई पराजित गर्नुरहने छ । सिरिजमा अन्डर डग टिमको रुपमा रहेको मलेसियामा नेदरल्यान्ड्सविरुद्ध बलिङमा चुकेको थियो ।