कोरोना विशेष

कोरोनाका कारण ब्राजिलमा भएको दुखद् घटना, जुन हरेक आमाका लागि कालो दिन

किन भईरहेको छ ब्राजिलमा कोरोनाबाट धेरै बालबालिकाका मृत्यु ?



काठमाडौँ – ब्राजिलका एक चिकित्सकले जेसिका रिकार्टेका छोराको परीक्षण गर्न अस्वीकार गरे । ती बालकमा कोरोनासँग मिल्दोजुल्दो किसिमको कुनै लक्षण नदेखिएको ती डाक्टरको दाबी थियो । त्यसको दुई महिनापछि कोरोनाकै कारण ती बालकको मृत्यु भयो ।

पेशाले शिक्षिकासमेत रहेकी जेसिका भन्छिन्, ‘उसको नाम प्रकाशसँग जोडिएको थियो । ऊ हाम्रो जिन्दगीमा एक प्रकाशजस्तै थियो । उसले हामीलाई त्यो खुसी दिएको थियो, जसको हामीले कल्पना पनि गरेका थिएनौं ।’

जेसिका दम्पतीले आफ्नो छोरा लुकसमा सबैभन्दा पहिला भोक नलाग्ने समस्या देखेका थिए । पहिला उसले राम्रोसँग खाना खान्थ्यो । जेसिकालाई पहिला त छोराको दाँत निकालेको कारण यो समस्या आएको हुनसक्ने अनुमान थियो । तर, उनकी एक नर्स साथीले बच्चाको घाँटी दुखेकाले यस्तो समस्या आएको हुनसक्ने बताइन् । त्यसपछि बालकलाई ज्वरो आयो र सास फेर्न पनि गाह्रो हुन थाल्यो ।

परीक्षण नगर्दा बढेको समस्या

जेसिकाले आफ्नो छोरालाई अस्पताल पुर्‍याइन् र कोरोना परीक्षण गर्न आग्रह गरिन् । जेसिका भन्छिन्, ‘डाक्टरले ओक्सिमिटरबाट जाँच गर्दा बालकको अक्सिजनको स्तर ८६ प्रतिशत थियो । मलाई अहिले मात्र थाहा भयो कि यो सामान्य थिएन ।’ बालकलाई ज्वरो सामान्य देखिएकाले चिकित्सकले भने, ‘चिन्ता गर्ने अवस्था छैन र कोरोना परीक्षण गर्न जरुरी छैन । शायद घाँटी दुख्ने सामान्य समस्या हुनसक्छ ।’

चिकित्सकले जेसिकालाई बालबालिकामा कोरोना निकै दुर्लभ रहेको बताउँदै लुकसका लागि केही एन्टिबायोटिक्स औषधि दिएर घर पठाइदिए । जेसिकाका अनुसार एन्टिबायोटिक्स औषधि सकिँदासम्ममा लुकसलाई देखिएको लक्षण त हरायो तर उसको थकान घटेन । त्यसपछि कोरोना संक्रमणको चिन्ता बढ्यो ।

जेसिकालाई लुकसले राम्रोसँग सास फेर्न नसकेको कुरा थाहा थियो । जेसिकाका पति कोरोना संक्रमण बढ्दो क्रममा रहेकाले अर्को अस्पतालमा जाँदा कोरोना संक्रमणको खतरा बढ्नेमा चिन्तित थिए । लुकसलाई अस्पतालमा भर्ना गर्दा जेसिकालाई एउटै कोठामा बस्ने अनुमति थिएन । तर, उनी लुकसलाई लगाइएको मेसिनको आवाज भने सुन्न सक्थिन् । मेसिन बन्द नहुँदासम्म मेसिनबाट आवाज आइरहन्छ । यस्तैमा केही मिनेटको लागि मेसिन रोकियो र फेरि चल्न थाल्यो । जेसिकाले लुकसले संसार छाडेको थाहा पाइन् ।
त्यसपछि लुकस अझै धेरै सुत्न थाले । जुन ३ मा खाना खाएपछि उनले लगातार बान्ता गरे । जेसिकाले आफ्नी नर्स साथीले काम गर्ने अस्पतालमा छोरालाई लिएर गइन् । जहाँ लुकसको कोरोना परीक्षणको नतिजा पोजेटिभ आयो ।

धेरैजसो बालबालिकामा एमआईएस

जेसिकाका अनुसार छोरालाई कोरोना संक्रमण पुष्टि हुँदा अस्पतालमा कृत्रिम तरिकाबाट अक्सिजन दिने मेसिनसम्म उपलब्ध थिएन । लुकसलाई दुई घण्टाको दूरीमा रहेको अर्को अस्पतालमा पठाइयो । त्यहाँ लुकसलाई मल्टिसिस्टम इनफ्लेमेट्री सिन्ड्रोम ९एमआईएस०को समस्या रहेको थाहा भयो । यो यस्तो अवस्था हो, जतिबेला भाइरसविरुद्ध प्रतिरोधक क्षमता उत्कर्षमा हुन्छ । जसको कारण महत्वपूर्ण अंगहरू सुनिन्छन् । विशेषज्ञका अनुसार यो अवस्था ६ सातादेखि बढी उमेरका बालबालिकामा कोरोना भाइरसबाट संक्रमित भएपछि देखिन सक्छ तर निकै दुर्लभ हो ।

यद्यपि साओ पाउलो विश्वविद्यालयकी महामारी रोग विशेषज्ञ डा। फातिमा मारिन्होका अनुसार महामारी शुरु भएयता एमआईएसको समस्या धेरैमा देखिएको छ । तर सबै मृत्युको कारण एमआईएस नै भने नरहेको उनी बताउँछिन् ।

लुकसलाई अस्पतालमा भर्ना गर्दा जेसिकालाई एउटै कोठामा बस्ने अनुमति थिएन । तर, उनी लुकसलाई लगाइएको मेसिनको आवाज भने सुन्न सक्थिन् । मेसिन बन्द नहुँदासम्म मेसिनबाट आवाज आइरहन्छ । यस्तैमा केही मिनेटको लागि मेसिन रोकियो र फेरि चल्न थाल्यो । जेसिकाले लुकसले संसार छाडेको थाहा पाइन् ।

बालरोग विशेषज्ञ डा। मेनुएला मोन्टेका अनुसार लुकसमा कुनै कारण नहुँदा पनि गम्भीर अवस्था देखिएको थियो, जुन चिन्ताजनक थियो । लुकसलाई एक महिनासम्म आईसीयूमा राखेर उपचार गराइएको थियो । राज्यको राजधानी फोर्तालेजाका बालरोग विशेषज्ञ डा। लोहोना तावारेसका अनुसार कोरोनाबाट संक्रमित पाइएका बालबालिकामा डायबिटिज, मुटुसम्बन्धी र मोटोपनाजस्ता अन्य रोग पनि थिए । तर, लुकसमा कुनै पनि समस्या थिएन ।

चिकित्सकका अनुसार लुकसलाई हृदयाघात भएको थियो । तर, यसबाट उसलाई बचाइएको थियो र ३३ दिनको आईसीयू बसाइपछि वार्डमा सार्ने तयारी गरिँदै थियो । यत्तिकैमा लुकसको मुटुको दर तीव्र गतिमा घट्न थाल्यो र भोलिपल्ट मृत्यु भयो ।

के बालबालिकालाई कोरोना जोखिम कम हुन्छ ?

डा। फातिमा मारिन्हो बालबालिकालाई कोरोनाको कुनै जोखिम हुँदैन भन्ने कुरा गलत बुझाइ भएको बताउँछिन् । उनले गरेको एक शोधमा उल्लेख्य संख्यामा बालबालिका र शिशुहरू संक्रमित भएको पाइएको छ ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार सन् २०२० को फेब्रुअरीदेखि गएको मार्च १५ सम्ममा कोरोना संक्रमणका कारण ९ वर्षमुनिका ८५२ बालबालिकाको मृत्यु भएको छ । एक वर्षभन्दा मुनिका ५१८ जनाको मृत्यु भएको छ ।

मारिन्होका अनुसार यो संख्या उल्लेख गरिएभन्दा दोब्बर हुन सक्छ । उनका अनुसार कोरोना परीक्षण निकै कम हुने समस्याको कारण पनि मृत्यु हुनेको संख्या कम देखिएको हुनसक्छ ।

किनकि पहिचान खुल्न नसकेको श्वासप्रश्वाससम्बन्धी समस्याबाट मृत्यु हुनेको संख्या अघिल्लो वर्षको तुलनामा १० गुणा बढी छ । यो समस्याबाट मृत्यु हुने बालबालिकाको संख्या दुई हजार ६० छ । जसमध्ये एक हजार ३०२ शिशु छन् ।

संक्रमणको कारण

ब्राजिलमा कोरोना संक्रमण बढी हुनुको कारण बालबालिका तथा शिशुमा संक्रमण देखिनु हुनसक्ने विशेषज्ञको भनाइ छ । ब्राजिल कोरोना संक्रमणबाट सबैभन्दा प्रभावित हुने तेस्रो मुलुक हो । जसका कारण यो मुलुकको स्वास्थ्य व्यवस्थामा ठूलो दबाब देखिएको छ । मुलुकमा अक्सिजनको आपूर्तिमा कमी आइरहेको छ । औषधिको पनि कमी छ । धेरै अस्पतालमा बेड पनि खाली छैन ।

ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले लकडाउनको विरोध गर्दै आएका छन् भने मुलुकमा कोरोनाको नयाँ प्रकार ९भेरियन्ट० फेला परेको छ । कोरोनाको यो प्रकार धेरै संक्रामक मानिएको छ । पर्याप्त परीक्षण नहुँदा पनि बालबालिकामा कोरोना संक्रमण धेरै देखिएको हो ।

मारिन्होका अनुसार ब्राजिलमा धेरै बालबालिकामा कोरोनाको गम्भीर लक्षण देखिन थालेपछि मात्र बालबालिकामा संक्रमण फैलिएको थाहा भएको थियो । यसबाट पनि मुलुकमा पर्याप्त परीक्षण नभएको पुष्टि हुन्छ । संक्रमित भएको समयमा नै थाहा नपाउँदा पनि धेरैको मृत्यु भएको मारिन्होको भनाइ छ ।

त्यतिमात्र नभई बालबालिकामा कोरोनाको लक्षण पत्ता लगाउन अन्य उमेर समूहका मानिसमा भन्दा गाह्रो हुने चिकित्सकहरु बताउँछन् । त्यसका साथै ब्राजिलको गरिबी तथा स्वास्थ्यसेवाको अवस्था पनि कोरोना संक्रमण बढ्नुको एक कारण हो । २० वर्षभन्दा कम उमेरका करिब ६ हजार जनामा गरिएको अनुसन्धानमा अन्य रोग र आर्थिक तथा सामाजिक कारणले पनि बालबालिकामा कोरोना संक्रमण बढेको पाइएको थियो । सानो घरमा धेरै जना बस्नुपर्ने र गरिब समुदाय रहेका ठाउँमा आईसीयूको व्यवस्था नहुँदा यस्तो अवस्था आएको विशेषज्ञको भनाइ छ । -बीबीसीबाट