Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

समाचार

निषेधाज्ञाको दोस्रो दिन : चोक–चोकमा सुरक्षा व्यवस्था कडा, कतै जाम र कतै सुनसान


काठमाडौँ – काठमाडौँ उपत्यकामा कोरोना भाइरस नियन्त्रण गर्न निषेधाज्ञा गरिएको आज दोस्रो दिन ।

कोरोना भाइरसको दोस्रो लहर तीव्र रुपमा फैलिएका बेला उपत्यकाका तीन वटै जिल्लाले निषेधाज्ञा गरेका हुन् । निषेधाज्ञाको दोस्रो दिन आज पनि बिहानैदेखि सवारी साधन अनुगमन तथा नियन्त्रणमा प्रहरीले सक्रियता बढाएको छ ।

विभिन्न बहानामा निषेधाज्ञा उल्लंघन गर्दै हिडेकाहरुलाई सुरक्षाकर्मीले होल्ड गरेर राखेका छन् । निषेधाज्ञामा उपत्यकाका सडक सुन्यप्रया देखिएका छन् । निषेधाज्ञाको पहिलो दिन झण्डै २ हजार बढी सवारी नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । आज निषेधाज्ञाको दोस्रो दिन कतै जाम र कतै सुनसानको अवस्था देखिएको छ ।

उपत्यकामा निषेधाज्ञाका कारण सार्वजनिक यातायातका साधन नचल्दा यात्रुहरु अलपत्र परेका छन । विशेषत विदेशबाट फर्किएका र विदेश जानका लागि हिजै टिकट काटेर बसेकाहरु यातायातका साधन नचल्दा अलपत्र परेका हुन् ।