Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

समाचार

योहो टेलिभिजनको युट्युव १० दिनमा ‘ब्याक’


काठमाडौँ – योहो टेलिभिजन एचडीको आधिकारिक युट्युव च्यानल (रिकभर) पुनःस्थापित भएको छ ।

वैशाख ८ गते बेलुकी ८ बजेपछि युट्युवमा प्राविधिक समस्या आएपछि तत्कालका लागि बन्द भएको योहो टेलिभिजनको आधिकारिक युट्युव च्यानल पुनःस्थापित (रिकभर) भएको हो । योहो टिभिका दर्शकले आजबाट योहो टेलिभिजनका सम्पुर्ण प्रसारण सामग्रीहरु युट्युव मार्फत नै हेर्न सक्नेछन् । च्यानल रिकभर भए पनि यस अघि अपलोड गरिएका पुरै कार्यक्रमहरु पुन हेर्न केही समय लाग्ने युट्युवले जनाएको छ ।

युट्युव च्यानल पुनःस्थापनाका लागि नेपाल प्रहरी अन्तर्गत साइबर व्यूरो र योहो टेलिभिजनको आइटी समूहले अथक मेहनत गरेका थिए । सवैको सहयोगले १० दिन पछि युट्युव च्यालन फर्काउन सफल भएको टेलिभिजनका अध्यक्ष आङकाजी शेर्पाले जानकारी दिनुभयो । युट्युवमा आएको अवरोधका कारण आम दर्शकलाई पर्न गएको असुविधाप्रति अध्यक्ष शेर्पाले दुःख व्यक्त गर्नुभएको छ ।