Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

कोरोना विशेष

पूर्वरानी कोमललाई आइसियूमा सारियो


काठमाडौँ – कोरोना भाइरसबाट संक्रमित पूर्वरानी कोमल शाहलाई आईसीयूमा राखेर उपचार थालिएको छ ।
शाहमा अक्सिजनको मात्रा कम देखिएपछि आइसियूमा सारिएको नर्भिक अस्पतालले जनाएको छ । श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि आइसियूमा सारिएको अस्पतालले जनाएको छ । शाहलाई हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको र बाँकी स्वास्थ्य समस्या नदेखिएको अस्पतालले बताएको छ । कोरोना संक्रमण पुष्टि भएपछि पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल र पूर्वअधिराजकुमारी प्रेरणाको उपचार काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा भइरहेको छ । अस्पतालका अनुसार ज्ञानेन्द्र र प्रेरणाको अवस्था सामान्य रहेको छ ।