Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

बिजनेस

नेप्समा दोहोरो अंकको गिरावट


काठमाडौँ – निषेधाज्ञाको अघिल्लो दिन साताको चौथो कारोबारको दिन बुधवार नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ । कोभिड–१९ को दोस्रो लहर कोरोना भाइरसको तीब्र संक्रमणका बीच सरकारले बैशाख १६ गतेदेखि निषेधाज्ञाको घोषणा गरिरहँदा आज नेप्से परिसूचक १३ दशमलव ७९ अंकले घटेर २ हजार ५८५ विन्दुमा झरेको छ ।

त्यस्तै ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव १६ अंकले घटेर ४ सय ६५ दशमलव १२ अंकमा कायम भएको छ । आज नेप्से परिसूचक घटेसँगै कारोबार रकममा समेत गिरावट आएको छ । नेप्से कारोबार बुधबार ३ अर्ब ९९ करोडमा सिमित भएको छ ।

बुधबार सबैभन्दा धेरै कमाउने कम्पनीहरूमा महिला लघुवित्त र विशाल बजार कम्पनी रहेको छ भने सबैभन्दा बढी गुमाउनेमा पोखरा फाइनान्स लिमिटेड र प्रोग्रेसिप फाइनान्स लिमिटेड रहेका छन् ।