कोरोना विशेष

कैलालीमा बिहीबारदेखि एक साता निषेधाज्ञा


काठमाडौँ – कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै कैलालीमा बिहीबारदेखि एक हप्ताका लागि निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमण तीव्र रुपमा फैलिएपछि जिल्ला प्रशासन कार्यालय कैलालीले वैशाख १६ गतेदेखि २२ गतेसम्म जिल्लाभर निषेधाज्ञा जारी गरेको हो ।

निषेधाज्ञा अवधिभर अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण गतिविधि बन्द गरिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले जानकारी गराउनुभयो ।