Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

समाचार

कोरोनाकै कारण बालाजु बाइसधारा मेला स्थगित


काठमाडौँ – हरेक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन लाग्ने बालाजु बाइसधारा मेला कोभिड–१९ संक्रमण जोखिमका कारण यस वर्ष पनि स्थगन भएको छ । मेलामा हजारौँको संख्यामा भक्तजनहरु आउने र कोरोना संक्रमणको जोखिम बढ्ने भएपछि मेला स्थगन गरिएको बालाजु बाइसधारा उद्यानले जनाएको छ ।

उद्यानका कार्यालय प्रमुख दामोदर लामाले मेला लाग्दा भिडभाड हुने र संक्रमण बढ्ने जोखिम भएकाले मेला स्थगन गरिएको बताउनुभयो । गत वर्ष पनि कोभिड संक्रमणको जोखिम नियन्त्रणका लागि सरकारले लकडाउन गरेका कारण मेला लाग्न सकेको थिएन् । आज केही भक्तजनहरु पूजाआजाका लागि बाइसधारा पुगेको भएपनि उद्यानमा प्रवेश गर्न पूर्ण रुपमा रोक लगाइएको लामाले बताउनुभयो ।

आजको दिन बाइसधारामा स्नान गरी दिवङ्गत आफन्तका नाममा बत्ती बाल्ने परम्परा रहेको छ । यसै दिन नुवाकोटको कडल्चोक भगवतीलाई पनि बालाजुमा ल्याएर त्यहाँ रहेको सेतो पाटीमा राखी हवन तथा राँगाको बलि दिने प्रचलन पनि रहेको छ ।