Breaking

८ वर्ष पुरानो यौन हिंसा सम्बन्धी विषय संसदमा


काठमाडौँ — सामाजिक सञ्जाल मार्फत सार्वजनिक भएको ८ वर्ष पुरानो यौन हिंसा सम्बन्धी विषय संसदमा पनि उठेको छ । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले यो विषय शुक्रबारको संसद बैठकमा उठाएका छन् ।

उनले यो विषय सामाजिक सञ्जालमा हेरिसकेपछि आफ्नो छोरी डराएको भन्दै जसलाई अभियोग लागेको छ उनीहरुमाथि छानबिन गरी कानुनी कारबाहीको प्रक्रिया थाल्न सरकारलाई निर्देशन दिन सभामुखको ध्यानाकर्षण गराए । उनको यस्तो आग्रह पछि सभामुख अग्नी सापकोटाले सरकारलाई छानविन गर्न निर्देशन दिएका छन् ।