देश

६ जनाको विभत्स हत्या गर्ने आरोपित सार्वजनिक


काठमाडौँ – संखुवासभा सामूहिक हत्याकाण्डका आरोपी लोकबहादुर कार्कीलाई प्रहरीले सार्वजनिक गरेको छ । उनलाई आज पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरिएको हो ।
लोकबहादुरले संखुवासभाको मादी गाउँपालिका–१ खोलागाउँका तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जनाको विभत्स हत्या गरेको प्रहरीको भनाइ छ । गत सोमबार तेजबहादुरसहित , ८४ वर्षीया पार्वता कार्की, ५८ वर्षीया मनमाया कार्की, २५ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र ५ वर्षीया नातिनी गोमा कार्कीको हत्या भएको थियो । उनी नातामा भतिज र छिमेकी समेत हुन् ।

लोकबहादुरले हत्या गरेको स्वीकार गरेको प्रहरीले बताएको छ । २६ वर्षीय कार्कीलाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको थियो । हत्या अनुसन्धानमा प्रदेश प्रहरी, जिल्ला प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को टोली खटिएको थियो ।