बिजनेस

४१ अर्बको नयाँ बजेट, के–के छन नयाँ कुरा ?


काठमाडौँ – लुम्बिनी प्रदेश सरकारले प्रतिस्थापन विधेययकमार्फत नयाँ बजेट संसदमा पेस गरेको छ । नेकपा एमालेको बहिष्कारका विच प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्काले नयाँ बजेट पेस गरेका हुन । यसअघि ल्याएको बजेटको आकार घटबढ नगरे पनि कार्यक्रमहरु हेरफेर गरीएको छ ।

लुम्बिनी प्रदेश सरकारले प्रतिस्थापन विधेयकमार्फत झण्डै ४१ अर्ब रुपैयाँको बजेट ल्याएको छ । प्रमुख विपक्षी नेकपा एमालेको बहिस्कारका बीच आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले आज प्रदेशसभा बैठकमा ४० अर्व ९५ करोड ९७ लाख रुपैयाँको नयाँ बजेट प्रस्तुत गरेका हुन । चालुखर्च तर्फ १३ अर्ब ६४ करोड ५७ लाख १० हजार रुपैयाँ र पूँजीगत खर्चतर्फ २२ करोड ४७ करोड १५ लाख छ । स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि ४ अर्ब ८४ करोड २३ लाख रुपैयाँ अर्थात ११.८२ प्रतिशत विनियोजन गरिएको छ ।

कोरोना रोकथाम र उपचारका लागि स्वास्थ्य, कृषि र रोजगारीलाई प्राथमिकतामा राखेर एमाले नेतृत्वको सरकारले ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँ बराबरको बजेट विनियोजन गरेको थियो । यसपालि पनि कोभीड रोकथाम र उपचार, कृषि , उद्यम र रोजगारीलाई प्राथमिकता दिइएको छ । सम्बोधन गर्न छुटेका क्षेत्र र कम बजेट भएका जिल्लामा पनि सम्बोधन गर्नेगरी धेरै रकम भएका ठूला आयोजनाबाट बजेट बाँडफाँड गरेको मन्त्री खड्काले बताए । एक पालिका एक सामूहिक उद्यम भन्ने नयाँ कार्यक्रम पनि थपिएको छ ।

त्यस्तै लुम्बिनी प्रदेश सरकारले आफ्नै बैंक संचालन गर्ने भएको छ । त्यसमा ५१ प्रतिशत सरकारी लगानी र अन्य समुदायबाट गराइने छ । यस्तै स्वास्थ्य संस्थामा नागरिकको पहुँच पु¥याउन ’घरदैलोमा डाक्टर’ कार्यक्रम संचालन गर्ने छ । सबै स्वास्थ्य संस्थाहरुबाट निःशुल्क रक्त्र संचार सेवा संचालन गर्न ५ करोड रकम विनियोजन गरेको छ । विपन्न नागरिकलाई मिर्गौला प्रत्यारोपण गर्न थप २ लाख दिने कार्यक्रम रहेको मन्त्री खड्काले जनाए ।

एमालेको बहिष्कारका बाबजुद लुम्बिनी प्रदेश सभामा मन्त्री खड्काले नीति कार्यक्रम एवं बजेट प्रस्तुत गरेका हुन । विपक्षी दलको कुर्सीमा राष्ट्रिय जनमोर्चाकी सांसद तारा जीसी बसेपछि प्रदेशसभाको बैठक अगाडि बढाइएको थियो । एमाले नेतृत्वको अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको बजेट प्रतिस्थापन गर्दै वर्तमान गठबन्धन सरकारले नयाँ बजेट ल्याएको हो । यसअघि ल्याएको बजेटको आकार घटबढ नगरे पनि कार्यक्रमहरु हेरफेर गरिएको छ ।