देश

३६५ दिननै दसैँ मनाउने व्यवस्थादेखि हेलिकप्टरबाट बीउ छर्ने उम्मेदवारलाई दुई मत


काठमाडौँ — हेलिकप्टरबाटै बिउ छर्नेदेखि पशु बस्तुलाई समेत अस्पतालमा सुत्केरी हुने व्यवस्था मिलाउने वाचा गरेका डडेल्धुराको भागेश्वर गाउँपालिका वडा नम्बर १ मा स्वतन्त्रतर्फ वडाध्यक्षको उम्मेदवारी दिएका खडक ठकुराठीले मात्र दुई मत पाएका छन् । वडामा खसेका कुल मतमध्ये ६ सय मत गणना सकिदासम्म उनले मात्र दुई मत पाएका छन् । यो वडामा १ हजार १२६ मत खसेको थियो ।

उम्मेदवारी दर्ता गराउनु अघि उनले चुनावी घोषणा पत्रमा हेलिकप्टरबाटै बिउ छर्नेदेखि हेलिकप्टरबाटै सिँचाइको व्यवस्था गर्ने वाचा गरेका थिए । ठकुराठीले नागरिकलाई ३६५ दिननै दसैँ मनाउने व्यवस्था गर्नेदेखि पशुवस्तुलाई समेत अस्पतालमा सुत्केरी हुने व्यवस्था मिलाउने वाचा घोषणापत्रमा गरेका थिए ।