कोरोना विशेष

२ हजार २९७ मा कोरोना संक्रमण पुष्टि, ४६ जनाको मृत्यु


काठमाडौँ – २४ घण्टामा देशभर २ हजार २९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरिएको १० हजार ९०४ परीक्षणमा ६ हजार ५८३ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ५८४ र ४ हजार ३२१ एन्टिजेन परीक्षणमा ७१३ जना गरी २ हजार २९७ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३ हजार १३० रहेको छ । मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ४६ जनाको मृत्यु भएको छ ।