समाचार

२०औँ संस्करणको आहा रारा गोल्डकप फुटबलमा आज अन्तिम क्वाटरफाइनल खेल हुँदै


काठमाडौँ – पोखरामा जारी २०औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा आज अन्तिम क्वाटरफाइनल खेल हुँदैछ ।
आज दिउँसो साढे २ बजे सुरु हुने खेलमा थ्री स्टार क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

आज दुबै टोली जित निकाल्दै सेमिफाइनलमा पुग्ने रणनीतिसहित मैदानमा उत्रिने छन् । यस खेलको विजेताले सेमिफाइनलमा मनाङ मस्र्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्ने छ ।

मनाङ नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरिसकेका छ । सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टोलीले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार पुरस्कार पाउने छन् ।