देश

१ किलो १६५ ग्राम अवैध सुनसहित विमानस्थलबाट एक पक्राउ


काठमाडौँ – नेपाल प्रहरीले त्रिभुवन विमानस्थलबाट अवैध सुनसहित एक पुरुषलाई पक्राउ गरेको छ । बरामद गरेको छ । प्रहरीले हिजो दुबईबाट काठमाडौँ आएको हिमालय एयरलाइन्सबाट १ किलो १६५ ग्राम सुनसहित गोरखाका पदम परियारलाई पक्राउ गरेको हो ।

कफिको बट्टा जस्तो बनाएर उक्त बस्तु ल्याएको भन्सार कार्यालयले जनाएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाका अनुसार भन्सार कार्यालय र विमानस्थल प्रहरीको संयुक्त पहलमा उक्त सुन बरामद गरिएको थियो । पक्राउ परेका परियारमाथि प्रहरीले थप अनुसन्धान थालेको जनाएको छ ।