देश

१७ वर्षीय किशोरको गोली लागी मृत्यु


काठमाडौँ – आइतबार राति तनहुँमा गोली चल्दा एक जनाको मृत्यु भएको छ । शुक्लागण्डकी नगरपालिका–१ थप्रेक भर भएका १७ वर्षीय रोहत मल्लको मृत्यु भएको हो ।

मृतक मल्लका छिमेकी ४७ वर्षीय सुनबहादुर गुरुङले शिकार खेल्ने क्रममा गोली चलाउँदा मल्ललाई लागेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले बन्दुकसहित गुरुङलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक युवराज खड्का बताएका छन् । अहिले घटनाको थप अनुशन्धान भइरहेको छ ।