देश

१६ डिआइजीको सरुवा, कसको सरुवा कहाँ भयो ? (सूचीसहित)


काठमाडौँ – नेपाल प्रहरीका १६ जना डिआईजी सरुवा भएका छन् । गृहमन्त्रालयले सोमबार एक बिज्ञप्ति सावर्जनिक गर्दै डिआईजीको सरुवाबारेमा जानकारी दिएको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय प्रहरी महाशाखा टंगालमा रहेका अरुणकुमार बीसी १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरमा सरुवा गरिएको छ । त्यस्तै उमेश रञ्जितकार प्रदेश २ प्रहरी कार्यालय जनकपुरमा सरुवा भएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलमा रहेका उत्तमराज सुवेदी काठमाडौँको रानीपोखरीमा सरुवा गरिएको छ । यसैगरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) मा धीरज प्रताप सिंहको सरुवा भएको छ। यसअघि सिंह २ नम्बर प्रदेश प्रहरी कार्यालयमा थिए। त्यस्तै , बागमति प्रदेश प्रहरी प्रमुखमा प्रकाशजंग कार्कीलाई पठाइएको छ।

गण्डकी प्रदेशमा दिवेश लोहनी, लुम्बिनी प्रदेशमा मुकुन्द आचार्य, कर्णाली प्रदेशमा गणेश ऐर र सूदुरपश्चिम प्रदेशमा पुरुषोत्तम कँडेललाई पठाइएको छ। त्यस्तै विशेष ब्यूरोमा घनश्याम अर्यालको सरुवा गरिएको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।