देश

१४ वर्षीय बालिकामाथि बलात्कार


काठमाडौँ – कैलालीमा एक १४ वर्षीया बालिकामाथि ३६ वर्षीय पुरुषले बलात्कार गरेको छ । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा जानकी गाउँपालिका–६ धर्मापुर कटान धरमविर चौधरी पक्राउ परेका छन् ।

प्रहरीका अनुसार चौधरीले ती बालिकालाई आफ्नै घरमा जबरजस्ती करणी गरेको थिए । उक्त बलात्कार घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले चौधरीलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।