अर्थनीति

हुन्डाईले ल्यायो ‘नयाँ कोना इलेक्ट्रिक’, मूल्य कति ?


काठमाडौँ — हुन्डाई अटोमोबाइलको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाईको नयाँ इलेक्ट्रिक कोना नेपाल ल्याएको छ ।

नेपाली बजारमा विगत २ वर्षदेखि बिक्री हुँदै आएको हुन्डाई कोना इलेक्ट्रिक एक सफल क्रसओभर कार हो । नयाँ इलेक्ट्रिक कोना फेसलिफ्टमा धेरै परिमार्जन भएर आएको छ । यसको सुरुवाती मूल्य ५६ लाख ९६ हजार रहेको हुन्डाई नेपालका मार्केटिङ मेनेजर सन्दीप शर्माले जानकारी दिए ।

उनले भने, ‘फेसलिफ्ट कोनाको सुरुवाती मूल्य ५६ लाख ९६ हजार रहेको छ । तत्काललाई भने ५९ लाख ९६ हजारको भेरिएन्ट मात्र उपलब्ध छ ।’

के–केमा अपग्रेड ?

कोनाको इन्टेरियर तथा एक्टेरियरमा धेरैवटा अपग्रेड ग्राहकले पाउन सक्ने कम्पनीले दाबी गरेको छ । नयाँ कोनाको ड्राइभिङ रेन्ज बढेको छ भने नयाँ सुरक्षा फिचर र एड्भान्स कनेक्टिभिटी फिचर थप भएर आएको छ ।

नयाँ कोनामा स्मार्ट सेन्स सेफ्टी सुइट, रिजेनेरेटिभ ब्रेकिङ, प्याडल सिफ्टर, ड्राइभ वाइ वायर सिस्टम तथा क्लाइमेट प्रि–सेटिङ, जस्ता आधुनिक सुरक्षा फिचर दिइएको छ ।

एक्टेरियरमा हेर्दा हुन्डाई कोनामा नयाँ डिजाइनको ग्रिल, नयाँ डे टाइम रनिङ लाइट तथा ठूलो साइजको टेललाइट पाउन सकिन्छ । अब कोनो इलेक्ट्रिकलाई एक पटकको सिंगल चार्जमा ३०५ किलोमिटरसम्म गुडाउन सकिनेछ ।

नयाँ कोनामा मल्टी स्टेज हाइभोल्टेज सेफ्टी सिस्टम युक्त ३९.२ किलोवाट आवरको लिथियम आयोन पोलिमर ब्याट्री रहेको छ, जसका कारण यसमा हाइ इनर्जी डेन्सिटी रहन गई रेन्जसमेत बढ्नेछ ।

ब्याट्रीको ले–आउट तथा प्याकेजिङ सिस्टमले सेन्टर अफ ग्राभिटीलाई कमगरी कोनोको ह्याण्डलीङ उत्कृष्ट बनाएको छ। जसले चालक र यात्रुलाई आरामदायी यात्रा प्रदान गर्नेछ ।

कोनामा रहेको ८ इन्चको टचस्क्रिन युक्त भिजुअल न्याभिगेसन सिस्टमले ड्राभिङ एक्पिरियन्सलाई उच्च स्तरीय बनाउँछ । नेपाली बजारमा कोनो इलेक्ट्रीक एट्लास ह्वाइट, साइबर ग्रे, ग्यालाटिक ग्रे, पल्स रेड, सर्फी ब्लु तथा डार्क नाइट जस्ता उत्कृष्ट कलर अप्सनमा उपलब्ध हुनेछ ।

पहिलाको कोनाले जस्तै यो नयाँ कोनाले बजारमा धेरै ग्राहकको मन जित्ने कम्पनीले विश्वास लिएको छ । ईभीको लागि अनिवार्य चार्जिङ स्टेसनलाई पनि लक्ष्मी इन्टरकन्टिनेन्टलले देशभर विस्तार गर्दै आएको छ । हाल नेपालको विभिन्न ३६ स्थानमा चार्जिङ स्टेशन स्थापना भइसकेको छ ।

कम्पनीले नेपालमा ईभी बेच्ने मात्र नभएर इभी कल्चरको नै विकास गर्नका लागि यसै वर्ष भित्र ५० चार्जिङ स्टेसन स्थापना गर्ने लक्ष्य लिएको छ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले देशभर रहेका आफ्ना १३ डिलर र १७ वटा सर्भिस सेन्टरमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

हुन्डाई विश्वको ठूला ५ कार निर्मातामा पर्ने अटोमोबाइल उत्पादक कम्पनी हो। जसले वार्षिक लाखौँको संख्यामा उत्कृष्ट क्वालिटीका गाडीहरु उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।