अटो

हिरोले ल्यायो आहा दशैं अफर : मोटरसाइकल वा स्कुटर किन्दा १ लाखसम्म बम्पर


काठमाडौँ — नेपालका लागि हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ्ग प्रा।लि।ले नेपालीको महान चाड बडा दशैँ २०७९ को उपलक्ष्यमा ‘आहा दशैं चाडपर्वको उमङ्ग हिरो चढी चढी दंङ्ग’ नाराका साथ नयाँ योजना ल्याएको छ ।

यस योजना अन्तर्गत हिरो मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकले रु ७ हजार ५ सय पक्का डिस्काउन्ट, स्क्रयाच कार्ड मार्फत १ लाखसम्म पाउन सक्ने र बम्पर लक्की ड्र मार्फत एक जनाले रु १ लाख नगद पाउने छन् । नेपाली बजारमा उपलब्ध सबै मोटरसाइकल र स्कुटरमा हिरोले शून्य प्रतिशत डाउन पेमेन्टमा उपलब्ध हुने स्किम समेत पहिले देखि नै उपलब्ध गराइरहेको छ ।

त्यसैगरी तत्काल हिरोफेरि अन्तर्गत पुराना मोटरसाइकल वा स्कुटरसँग नयाँ मोटरसाइकल वा स्कुटर ५ मिनेटमै साट्न सकिने अफर समेत उपलब्ध छ ।

यो योजना सीमित अवधिका लागि मात्र लागू हुने कम्पनीको भनाइ छ । नेपाली बजारमा हिरोको सबैभन्दा कम मूल्यको मोटरसाइकल एचएफ डिलक्स हो । यसको मूल्य १ लाख ८३ हजार रुपैयाँ छ । त्यसैगरी सबैभन्दा धेरै मूल्यको मोटरसाइकल एक्सपल्स २०० फोरभी हो । यसको मूल्य ४ लाख ५२ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

स्कुटरमा सबैभन्दा कम मूल्य ११० सीसीको प्लेजर हो । यसको मूल्य २ लाख ५ हजार ५ सय रुपैयाँ छ भने सबैभन्दा धेरै मूल्यको स्कुटर हिरो माएस्ट्रो एज १२५ एफआई हो । यसको मूल्य २ लाख ६८ हजार रुपैयाँ छ ।

नेपाली बजारमा उपलब्ध हिरोका मोटरसाइकलमा ५ वर्ष वा ७० हजार किलोमिटर र स्कुटरमा ५ वर्ष वा ५० हजार किलोमिटर सम्म वारेन्टी उपलब्ध छ । त्यसैगरी सबै मोडलमा ९ पटक निःशुल्क सर्भिसिङ सुविधा उपलब्ध हुने कम्पनीको भनाइ छ ।