Breaking

हिन्दी प्रेमगीत ३ हेर्छु, कोही छ मलाई राष्ट्रघाती भन्ने ? : गायक राजेशपायल राई


काठमाडौँ — नेपाली मनोरञ्जन जगतमा हटकेक बनेको ‘प्रेमगीत ३’ विवादले ‘राई इज किङले मुख खोलेका छन् । फेसबुकमा उनी लेख्छन्, ‘नेपालीमा त हेर्ने नै भएँ, हिन्दी भाषाको पनि हेर्छु । कोही छ मलाई राष्ट्रघाती भन्ने हिन्दी संस्करणको प्रेमगीत ३ लाई नेपाली भाषा सरह सुविधा माग गरिएपछि चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले प्रेमगीत ३ का निर्मातालाई देशद्रोही र राष्ट्रघाती बताएका थिए ।

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले बोलाएका छलफलमा खड्काले यी कुरा बोले पनि अहिलेसम्म उनी अभिव्यक्तिको अडानमा कायमै छन् । यस्तोमा खड्काको उक्त अभिव्यक्तिलाई चुनौती दिंदै गायक राईले यस्तो स्टाटस लेखेका हुन् ।

‘प्रेमगीत ३’को हिन्दी संस्करणको सेन्सर पनि अहिलेसम्म हुन सकेको छैन । चलचित्र विकास बोर्डले विदेशी फिल्मको जसरी प्रक्रिया गराएर मात्र सेन्सर गर्न सकिने बताएको छ । यो विवादलाई लिएर सेलिब्रिटी पक्ष र विपक्षमा विभाजित भइरहेका छन् ।