Breaking

हारेपछि धाँधलीको आरोप लगाउँदै एमाले, कहिले तोडिएला राजनीतिक दलहरुको घमण्ड ?


काठमाडौँ— स्थानीय तह निर्वाचनको प्रारम्भिक नतिजामा खुम्चिएको एमाले र फैलिएको स्वतन्त्र उम्मेद्धारको हैसियतले नयाँ बहस सिर्जना गरिदिएको छ । विशेषतः पुरातन र परम्पारगत शक्तीहरु कसरी आम नागरिकका नजरमा गिर्दै छन भने यसले प्रष्ट पारेको छ । तर प्रत्येक निर्वाचनमा आफ्नो घमण्डको नयाँ स्वाद चाख्ने दलहरु अझै आफ्नो समिक्षामा गर्न तयार देखिएका छैनन् । गत संसदीय निर्वाचनमा वामगठबन्धनका कारण कांग्रेसले धुलो चाटेपछि त्यसको अपजस सभापती शेरबहादुर देउवा खेपे । यसैलाई आधार बनाएर उनलाई पार्टी आलोचना गर्नेको लाईन लाग्यो ।

यतिसम्मका चौधौ महाधिवेशनको मुख्य नारा रुपमान्तरणको एक अर्थ पार्टीलाई चुनाव जिताउन नसक्ने देउवालाई विदाई गर्नेतर्फ समेत केन्द्रीत थियो । विभिन्न सन्चारमाध्यमा देउवाले दिएको अभिव्यक्ती, स्वयम कांग्रेसले सरकारमा रहँदा देखाएको अर्कमण्यता यसको मुख्य कारण भएपनि देउवाले कम्युनिष्ट एकतालाई बच्ने आधार बनाए । तर आफू सुध्रिन र समिक्षा गर्न तयार भएनन् । यता कम्युनिष्टका लागि त अझ हाईसन्चो छ । जव चुनावमा जनताले स्वाद चखाउछन अनि भन्छन –चुनावमा धाधली भयो । यहि प्रवृत्ती अहिले प्रमुख प्रतिपक्षी नेकपा एमालले दोहोराएको छ ।

केहि दिन अघिसम्म आफू पहिलो शक्ती बन्ने अध्यक्ष केपी ओलीको दावी चुनावी परिणामले पानीमा मिसिएपछि धाधली नै उनको सहारा बनेको छ । फलत चुनावको दिन र मतगणनाको पहिलो दिनसम्म चुप बसको एमालेलाई तत्तपश्चातको प्रारम्भिक नतिजाले झस्कायो । तर हार र आफ्नो गल्ती स्वीकार गर्न उ तयार छैन । प्रारम्भिक मतपरिणामसंगै महानगरमा एमाले बढारिने देखिएको छ भने विजय र अग्रताले दृष्टिबाट समेत कांग्रेस पहिलो शक्ती बन्ने देखिएको छ । यता माओवादीले पनि आफ्नो उपस्थिती प्रमाणित गरेको छ ।

जसले साईजमा आएको एमालेका लागि चुनौती खडा गरिदिएको छ । तर प्रारम्भिक नतिजाले अन्य दलहरुलाई पनि प्रश्न उठाएको छ । विशेषत ठुला भनिएका महानगर र नगरपालिकाहरुमै स्वतन्त्र उम्मेद्धारले दिएको टक्कर र वागीको जितले समेत अव दलहरुले एकपल्ट सोच्नुपर्ने अवस्था सिर्जना गरिदिएको छ । आफ्नै वडामा प्रभाव जमाउन नसकेको शिर्ष नेताहरुको अवस्थाले पनि एकैचोटि विभिन्न संकेतहरु गरेको छ । जसलाई यथास्थिती विरुद्ध विद्रोह र जनताले चाहेको परिवर्तनको संकेतका रुपमा समेत हेरिएको छ ।

एकातर्फ कसैको घमण्डलाई जनमतले स्वीकार नगर्ने सन्देशकावीच पुरातन शक्ती परिवर्तन नभए वढारिने अवस्था समेत सिर्जना भएको छ यसपटकको निर्वाचनमा जनताले जनमत मार्फत शशक्त प्रश्न उठाए पनि दलहरुको घमण्ड भने कम भएको छैन । तर कम्युनिष्टको विकल्प कांग्रेस र कांग्रेसको विकल्प कम्युनिष्ट भएको विश्वासले सन्तोषको सास फेरिहेका उनीहरुका लागि यो पल्ट जनताले देखाएको विकल्पको बाटो भने भारी पर्ने देखिन्छ ।