Breaking

हांस्य कलाकारको गाईजात्रा,नेताकै नक्कल, विकृतिमाथि व्यङ्ग्य


काठमाडौँ — आजगाईजात्रापर्व । गाईजात्रापर्वको धार्मिक तथा साँस्कृतिकमहत्वएकतर्फ छ भने अर्कोतर्फ यो दिनलाईमुलुकको वेथिति विरुद्धको व्यङग्यात्मकप्रहारगर्ने दिनका रुपमापनि लिइन्छ । हाँस्यव्यङग्यकलाकारका लागिठुलो महोत्वकै रुपमा रहँदै आएकोगाईजात्रा र व्यङग्यप्रहरसन पछिल्लो समय भने खुम्चिनथालेको छ । तथापीकलाकारहरुले देशको समसामयिकअवस्थावारे व्यंग्यगर्न भने छाडेका छैन्न ।

तत्कालिन राजाप्रतापमल्लले पुत्रशोकले विह्वलभएकीआफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन, ‘जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिकानाममागाईजात्रानिकाली सहर परिक्रमा गराउनू’भनी आज्ञा दिएकोआधारमा यो पर्व सुरु भएको ऐतिहासिकतथ्य छ । यसबाट पनि रानीको मन शान्तहुननसकेकाले विभिन्नप्रकारका प्रहसनतथाव्यङ्ग्यात्मककार्यक्रम गराउने आदेश दिएअनुरूप हास्यव्यङ्ग्यको प्रचलनसमेत चलेको हो भन्ने जनश्रुति पाइन्छ ।

जुनअझै पनिनिरन्तर छ । अर्थात गाईजात्राभन्नेवित्तिकै हाँस्यव्यङग्यकलाकारहरुले प्रस्तुतगर्ने व्यङग्यप्रहसनजनजनको जीव्रोमा छ । गाईजात्रामनोरञ्जनात्मकतथाव्यङ्ग्यात्मक ढङ्गले समाजमाविद्यमानविकृति र विसङ्गतिउजागरगर्ने पर्व समेत हो । विगतमामहोत्सवहरुमाभ्याईनभ्याई हुने कलाकारहरु अहिले प्रविधिको प्रयोग गर्दै सर्वसाधरणसम्म पुग्ने गरेका छन । गाईजात्राको अवसरमाआयोजनागरिने हास्य–व्यङ्ग्य कार्यक्रम सेलाएको छ ।

तथापी स–सानाकार्यक्रमहरु गरेरै भएपनिकलाकारहरुले देशको समसामयिकअवस्थावारे व्यंग्यगर्न भने छाडेका छैन्न । गाईजात्राको अवसरमाहास्यकलाकारहरुले देशको विभिन्न क्षेत्रको समसामयिकअवस्थाको बारेमाचोटिलो व्यंग्यप्रहार गरेका छन । देश भद्रगोल अवस्थामापुगिसकेकोलेव्यंग्यमात्रहोइनसिधाखबरदारी समेत गरेका छन ।

कलाकारहरुले शीर्ष नेतृत्वको नक्कलदेखि आगामीप्रतिनिधि सभानिर्वाचनमाउम्मेदवारी सम्मका रानीतिक पेरिफेरीलाई आफ्नो विषयवस्तुबनाएकाथिए । हुनतआम सर्वसाधरणका लागिमुलुकको भद्रगोल अवस्था र राजनीतिकदल र नेताहरुको प्रवृत्तिले संधै गाइजात्राको झल्को दिन्छ । नेताहरु आफ्नो गतिविधिमार्फत जनतालाई हसाई रहेका छन । फलतकलाकारहरुले संधै राजनीतिलाई नै आफ्नो विषयवस्तु बनाउने गरेका छन ।